नेप्से इन्ट्राडे अपडेट:सामान्य अंकको वृद्धि!
आज बुधबार नेप्से बजार २.६० अंकले बढेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म २०६५ को नजिक आएको छ। २.६० अङ्कले बढेर नेप्से परिसूचक २०६७.४३ मा आएको हो। आज २ घण्टामा लगभग १ अर्ब ७४ करोड २५ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।
यस्तै, आजको टप गेनरमा सिटी होटेल रहेको छ जसको ९.९७% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा युनिक नेपाल लघुवित्त रहेको छ।
Comments