सरकारद्वारा धुर्मुस सुन्तली फाउण्डेशनको कर छुट दिने निर्णय!

सरकारले धुर्मुस सुन्तली फाउण्डेशन तिुर्नपर्ने गिरानचौर एकीकृत नमुनावस्ती पुनर्निर्माण तथा पर्यटन प्रवद्र्धन परियोजनाको स्वामित्वमा रहेको घरजग्गा हस्तान्तरणपछि चुक्ता गर्न बाँकी कर छुट दिने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । बैठकले नेपाल चीन सीमानाको तातोपानी झ्याङ्मुस्थित सीमा चिन्ह स्तम्भ (५३०) १ लाई संयुक्त रुपमा पुनः स्थापनाका लागि नेपाली टोली गठन गर्ने निर्णय भएको सरकारी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताउनुभयो ।

मन्त्री शर्माले मन्त्रीपरिषदमा विपद्को बारेमा थप व्यवस्थापन गर्नेबारेमा छलफल भएको बताउनुभयो ।

Comments

Back to top