नेप्सेमा सामान्य अंकको गिरावट, कारोबार रकम ४ अर्ब ७४ करोड ६ लाख!

आज सोमबार २.९४ अङ्कले घटेर ०.१४% गिरावटका साथ नेप्से परिसूचक २०९१.३९ अङ्कमा बन्द भएको छ। कारोबार भएका २७६ कम्पनीमध्ये ८० कम्पनी उकालो लागेका छन्, १४२ कम्पनी ओरालो लागेका छन् भने १ कम्पनी स्थिर रहेको छ।

कारोबार भएका ८ उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन्।


प्रमुख कारोबार

आज नेप्से बजारको टप गेनरमा सेन्ट्रल फाईनान्स, लक्ष्मी इक्विटी र माउनटेन इनर्जी  रहेका  छन् जसको १०% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा युनिक नेपाल लघुवित्त जसको सेयर मूल्य १०% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमा शिवम सिमेंट्सको र भोल्यूममा हाईड्रोइलेक्ट्रीसिटि इन्भेस्टमेन्ट एण्ड डेभलोपमेंट कम्पनीको  कारोबार भएको छ। 

Comments

Back to top