नेप्से इन्ट्राडे अपडेट: केही अंकको गिरावट!
आज सोमबार नेप्से बजार १२.७४ अंकले घटेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म २०७५ को नजिक आएको छ। १२.७४ अङ्कले घटेर नेप्से परिसूचक २०८१.५९ मा आएको हो। आज २ घण्टामा लगभग २ अर्ब ७३ करोड २४ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा बढी हो।
यस्तै, आजको टप गेनरमा बि पी डब्लु लघुवित्त रहेको छ जसको ९.९९% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा युनिक नेपाल लघुवित्त रहेको छ।
Comments