नेप्सेमा हरियाली कायम, कारोबार रकम ४ अर्ब ८६ करोड ९१ लाख!
आज आइतबार ५२.२६ अङ्कले बढेर २.५६% वृद्धिका साथ नेप्से परिसूचक २०९४.३३ अङ्कमा बन्द भएको छ। कारोबार भएका २८० कम्पनीमध्ये १९० कम्पनी उकालो लागेका छन्, २८ कम्पनी ओरालो लागेका छन् भने ४ कम्पनी स्थिर रहेका छ।
कारोबार भएका १२ उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन्।
प्रमुख कारोबार
आज नेप्से बजारको टप गेनरमा नेपाल इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स, ग्रीन भेन्चर लिमिटेड, सुपर माई हाईड्रो पावर, आत्मनिर्भर लघुवित्त र मेञ्छियम हाईड्रो पावर रहेका छन् जसको १०% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा शुभम पावर जसको सेयर मूल्य ५.५८% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमा र भोल्यूममा शिवम सिमेंट्सको कारोबार भएको छ।
Comments