सामुदायिक लघुवित्त (SLBSL)ले १५% लाभांशको लागि बुक क्लोज मिति तोक्यो !

सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड (SLBSL) ले असार २२ गते नवौं वार्षिक साधारणसभा बोलाएको छ । बैठक सोही दिन बिहान ११ बजेदेखि काभ्रेपलाञ्चोकस्थित धुलिखेल लज रिसोर्ट, धुलिखेलमा बस्नेछ ।

अन्य एजेन्डाहरु मध्ये, साधारणसभाले आर्थिक वर्ष २०७८/७९को लागि चुक्ता पुँजीको १५% लाभांश अनुमोदन गर्नेछ। सञ्चालक समितिको बैठकले १५% लाभांश वितरण गर्ने निर्णय गरेको थियो । चुक्ता पुँजी १३.२० करोड रहेकोमा  १०% बोनस शेयर रु. १.३२ करोड र ५% नगद लाभांश रु. ६६ लाख प्रस्ताव गरिएको छ । संस्थापक शेयरधनी समूहबाट ४ जना र सार्वजनिक सेयरधनी समूहबाट २ जना सञ्चालक चयन गर्ने कार्यसूची पनि रहेको छ ।

Comments

Back to top