नेशनल हाइड्रोपावर (NHPC) को शेयर मूल्य समायोजन

असार १ गते शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड (एनएचपीसी) को शेयर मूल्य समायोजन भएको छ । कम्पनीले हकप्रद शेयर निष्कासनका लागि बुकक्लोज गरेपछि मुल्य समायोजन गरिएको हो ।

नेप्सेले एनएचपीसीको ५० प्रतिशत हकप्रद शेयरको समायोजन गरेको छ । समायोजनपछि कम्पनीको शेयर मूल्य रू. १८२.७ रहेको छ । दोस्रो बजारमा बिहीबार यस कम्पनीको सेयर रु.२२३.१ रहेको थियो।

यहि समायोजित मूल्यका आधारमा आइतबारदेखि दोस्रो बजारमा नेशनल हाइड्रोपावर कम्पनीको शेयर कारोवार सुरु हुनेछ ।

Comments

Back to top