घोराही सिमेन्टको आईपीओ दोस्रो दिनमै ओभरसब्सक्राइब्ड!!
प्रतिकित्ता ४३५ रुपैयाँ दरका आवेदन दिनुपर्ने घोराही सिमेन्ट इन्डस्ट्रीको आईपीओ निष्कासनको दोस्रो दिनसम्म करिब साढे १ गुणाले ओभरसब्सक्राइब्ड भैसकेको छ ।
यो कम्पनीले जेठ ३२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। कुल ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ बिक्री खुला गरेको हो। यसमा स्थानीय, विदेशमा रहेका नेपाली श्रमिक, सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याएर बाँडफाँड गरेपछि बाँकी रहेको ८ लाख ७४ हजार ३८२ कित्तासमेत थपिएको छ। सीडीएससीका अनुसार असार १ गते साँझसम्म यो आईपीओमा २ लाख ८८ हजार ४५६ आवेदकबाट कुल ९८ लाख २ हजार ४६० कित्ता सेयर माग भएको छ।
Comments