गुडविल फाइनान्सको असार २१ गते साधारण सभा !!
गुडविल फाइनान्स लिमिटेडको २८ औं वार्षिक साधारण सभा असार २१ गते हुने भएको छ ।
फाइनान्स कम्पनी सञ्चालक समितिको जेठ ३१ गते बसेको बैठकले हात्तीसारस्थित कम्पनीको कार्यालयमा बिहान ११ बजे २८ औं वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो । आर्थिक वर्ष २०७८-७९ को नाफाबाट कुनैपनि लाभांश वितरणको प्रस्ताव नगरेपछि फाइनान्सको सेयरधनीको हात यो वर्ष खाली हुने भएको छ ।
Comments