नेप्से इन्ट्राडे अपडेट: झिनो अंकको वृद्धि!
आज बिहीबार नेप्से बजार १.०८ अंकले बढेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म २०४० को नजिक आएको छ। १.०८ अङ्कले बढेर नेप्से परिसूचक २०३८.१४ मा आएको हो। आज २ घण्टामा लगभग १ अर्ब २८ करोड ८३ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।
यस्तै, आजको टप गेनरमा सिटी होटेल रहेको छ जसको ९.९७% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा शुवम पावर रहेको छ।
Comments