लिवाइ स्ट्राउस: जसले सबैभन्दा प्रसिद्ध अमेरिकी कपडा ब्रान्ड लिवाइसको स्थापना गरे!

 

लिवाइस कम्पनीका संस्थापक लिवाइको जन्म २६ फेब्रुअरी, १८२९ मा जर्मनीमा भएको थियो। सन् १८४७ मा, उनी आफ्नो आमासँग अमेरिका गए, जहाँ उनका भाइहरू पहिले नै बसिरहेका थिए। लिवाइका भाइको न्यूयोर्क शहरमा राम्रो व्यापार थियो। लिवाइले पहिले आफ्नो भाइलाई आफ्नो व्यवसायमा मद्दत गरे र त्यसपछि आफ्नै व्यवसाय सुरु गरे।

लिवाइस संसारको सबैभन्दा प्रसिद्ध अमेरिकी कपडा ब्रान्ड हो। यसको व्यापार ६ अर्ब डलरभन्दा बढी पुगेको छ। विश्वमा पहिलो पटक निलो जिन्स बनाउने श्रेय यो कम्पनीलाई जान्छ। कम्पनीको पूरा नाम लिवाइ स्ट्राउस एण्ड कम्पनी हो जसलाई लिवाइस भनिन्छ।

लिवाइले पहिले आफ्नै नाममा थोक व्यापार सुरु गरे। भाइको पसलबाट कच्चा पदार्थ ल्याएर नयाँ ग्राहकमाझ बेच्ने गर्थे। यी वस्तुहरूमा विभिन्न प्रकारका पोशाक र घर सजावटका सामानहरू पनि थिए। सोही समयमा, लिवाइले पहिले टेन्ट र त्यसपछि निलो जिन्स बनाउने योजना बनाए।

एक दिन लिवाइको जीवनमा एउटा ठूलो मोड आयो जब उनले आफ्नो पहिलो ग्राहकको बारेमा नयाँ जानकारी पाए। लिवाइले थाहा पाए कि उनका ग्राहक, ज्याकब डब्लु डेभिसले डेनिम प्यान्ट बनाउछन्। लिवाइले ज्याकबसँग मिलेर ब्लू डेनिम जीन्स नामक नयाँ उत्पादन निर्माण गरे।

निलो जिन्सले दशकौंदेखि विश्व बजारमा राज गर्दै आएको छ। यो सबै वर्गका मानिसहरू माझ लोकप्रिय छ। विश्वका अधिकांश देशमा निलो जिन्सलाई आरामदायी पोशाकको रूपमा मन पराइन्छ। यसको लोकप्रियता ठूला सहरदेखि गाउँसम्म छ।

Comments

Back to top