नेप्सेमा केही अंकको वृद्धि,कारोबार रकम ५ अर्ब १ करोड ७८ लाख!

आज बुधबार १६.४२ अङ्कले बढेर ०.८१% वृद्धिका साथ नेप्से परिसूचक २०३७.०६ अङ्कमा बन्द भएको छ। कारोबार भएका २७५ कम्पनीमध्ये १२६ कम्पनी उकालो लागेका छन्, २२ कम्पनी ओरालो लागेका छन् भने ५ कम्पनी स्थिर रहेका छ।

कारोबार भएका ७ उप-समुहहरुको सेयर मूल्य उकालो  लागेका छन्।

प्रमुख कारोबार

आज नेप्से बजारको टप गेनरमा खप्तड लघुवित्त रहेको छ जसको ९.९९% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा राष्ट्रिय बीमा संस्था जसको सेयर मूल्य ५.६२% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमा र भोल्यूममा शिवम सिमेंट्सको कारोबार भएको छ। 

Comments

Back to top