नेप्सेले भत्काउदै रेसिस्ट्यान्सका बाधहरु, कहाँ रोकिएला यो क्रम ?
१९८९.४३मा ओपेनिङ्ग दिएको नेप्सेमा इन्ट्राडे करेक्सन आएर बजार १९७७ सम्म आए पनि बजारमा खरिदकर्ता नै सक्रिय रहदा बजारले ३२.७७ अङ्कका वृद्धिका साथ सूचक २०२०.६४मा बन्द भएको छ।
२०० दिनको मुभिङ्ग एभेरेजबाट ब्रेक आउट दिएर बुलिश टेरेटोरिमा गएको बजारमा आज ४ अर्ब १२ करोडको कारोबार रकम देखिएको छ। बजारमा प्रोफिट बुकिङ्ग आएको खण्डमा बजार १९८०सम्म आउने सम्भावना रहेको छ भने खरिदकर्ता यसै गरि सक्रिय रहे बजारले २१००को सप्लाईलाई टेस्ट गर्ने देखिन्छ। त्यस पछिको प्रतिरोध पछिल्लो र्यालीका टप २२२५को एरिया देखिन्छ। बजारले २२२५को प्रतिरोध पार गर्न सके हाल चलिरहेको स्विङ्ग २३९०को एरियासम्म पुग्ने देखिन्छ।
Comments