नेप्सेमा भारी अंकको वृद्धि,कारोबार रकम ४ अर्ब १२ करोड ६६ लाख!

आज मंगलबार ३४.१७ अङ्कले बढेर १.७२% वृद्धिका साथ नेप्से परिसूचक २०२०.६४ अङ्कमा बन्द भएको छ। कारोबार भएका २७० कम्पनीमध्ये १९६ कम्पनी उकालो लागेका छन्, २२ कम्पनी ओरालो लागेका छन् भने ५ कम्पनी स्थिर रहेका छ।

कारोबार भएका सबै उप-समुहहरुको सेयर मूल्य उकालो  लागेका छन्।

प्रमुख कारोबार

आज नेप्से बजारको टप गेनरमा वेअन नेपाल लघुवित्त रहेको छ जसको १०% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा प्रभु स्मार्ट फण्ड छ जसको सेयर मूल्य ३.९३% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमा र भोल्यूममा शिवम सिमेंट्सको कारोबार भएको छ। 

Comments

Back to top