नेप्से इन्ट्राडे अपडेट: केही अंकको वृद्धि!

आज मंगलबार नेप्से बजार २३.६६ अंकले बढेको छ।     

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म २०१० को नजिक आएको छ। २३.६६ अङ्कले बढेर नेप्से परिसूचक २०१०.१३ मा आएको हो। आज २ घण्टामा लगभग १ अर्ब ६७ करोड ६६ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा बढी हो।

यस्तै, आजको टप गेनरमा सिटी होटेल रहेको छ जसको ९.९७ % मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा प्रभु स्मार्ट फण्ड रहेको छ।

Comments

Back to top