नेप्सेमा सामान्य अंकको वृद्धि,कारोबार रकम २ अर्ब ८८ करोड ६५ लाख!
आज सोमबार ७.७९ अङ्कले बढेर ०.३९% वृद्धिका साथ नेप्से परिसूचक १९८७.८७ अङ्कमा बन्द भएको छ। कारोबार भएका २८५ कम्पनीमध्ये ८९ कम्पनी उकालो लागेका छन्, १२६ कम्पनी ओरालो लागेका छन् भने ८ कम्पनी स्थिर रहेका छ।
कारोबार भएका ८ उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन्।
प्रमुख कारोबार
आज नेप्से बजारको टप गेनरमा अभियान लघुवित्त र कालिन्चोक दर्शन रहेका छन् जसको १०% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा प्रभु स्मार्ट फण्ड छ जसको सेयर मूल्य १०% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमा सोल्टी होटेल र भोल्यूममा शिव श्री हाईड्रो पावरको कारोबार भएको छ।
Comments