नेप्से इन्ट्राडे अपडेट: केही अंकको वृद्धि!
आज सोमबार नेप्से बजार २३.९० अंकले बढेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १९८५ को नजिक आएको छ। ७.८८ अङ्कले बढेर नेप्से परिसूचक १९८७.९७ मा आएको हो। आज २ घण्टामा लगभग १ अर्ब ३८ करोड ९९ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।
यस्तै, आजको टप गेनरमा भूगोल इनर्जी कम्पनी रहेको छ जसको ९.९९ % मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा सिटिजन्स म्युचल फण्ड रहेको छ।
Comments