सेयर बजार उच्च अंकले वृद्धि, बजार बुलिश भएको सङ्केत !
चालु साताकाे पहिलाे काराेबार दिन आइतबार सेयर बजार उच्च अंकले वृद्धि भएकाे छ । नेप्से सूचक ४०.४८ अंकले बढेर १९८०.०९ विन्दुमा आएको छ र बजारले आज महत्तपूर्ण प्रतिरोध पार गर्न सफल भएको हो। १९८०मा पुग्दा बजारमा हाइयर हाइ र हाइयर लोको शृंखला सुरु भएको देखिन्छ जसलाई डाउ थिओरि अनुसार बुलिश सङ्केत मानिन्छ । साथसाथै बजारले उच्च भोल्युमका साथ २००दिनको मुभिङ्ग एभेरेजबाट पनि ब्रेक आउट दिन सफल भएको छ। बजार केहि दिन स्टेबल भएर २०० दिनको मुभिङ्ग एभेरेज माथि नै कारोबार भए बजारमा नँया लगानी गर्न सुरक्षित हुने देखिन्छ।
२७५ कम्पनीको ९५ लाख २८ हजार २५५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४५ कराेड ४३ लाख ४४ हजार ५६३ रुपैयाँकाे काराेबार भएकाे हो।
यस दिन दुईवटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । समग्रमा हेर्दा सेयर बजारमा विस्तारै सकारात्मक माहोल देखिएको छ । सूचकसँगै दैनिक खरिदबिक्री रकममा पनि बढोत्तरी भएपछि लगानीकर्ता उत्साहित भएका छन् । ११ करोड ४७ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नागरिक लगानी कोष अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्टस् र आइजीआई प्रुडेन्सियल इन्स्याेरेन्स रहेका छन् ।
Comments