नेप्सेमा भारी अंकको वृद्धि,कारोबार रकम ३ अर्ब ४५ करोड ४३ लाख!

आज आइतबार ४०.४८ अङ्कले बढेर  २.०९% वृद्धिका साथ नेप्से परिसूचक १९८०.६१ अङ्कमा बन्द भएको छ। कारोबार भएका २७५ कम्पनीमध्ये २१२ कम्पनी उकालो लागेका छन्, ६ कम्पनी ओरालो लागेका छन् भने ५ कम्पनी स्थिर रहेका छ।

कारोबार भएका सबै उप-समुहहरुको सेयर मूल्य उकालो  लागेका छन्।


प्रमुख कारोबार

आज नेप्से बजारको टप गेनरमा भूगोल इनर्जी कम्पनी रहेको छ जसको १०% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा ग्लोबल आइएमइ ब्यालेन्सड़ फण्ड  छ जसको सेयर मूल्य ३.८३% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमा सिटिजन इन्भेस्टमेन्ट ट्रष्ट  र भोल्यूममा सानिमा बैंकको प्रोमोटर शेयरको कारोबार भएको छ। 

Comments

Back to top