नेप्से इन्ट्राडे अपडेट: केही अंकको वृद्धि !
आज आइतबार नेप्से बजार २३.९० अंकले बढेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १९६० को नजिक आएको छ। २३.९० अङ्कले बढेर नेप्से परिसूचक १९६३.५० मा आएको हो। आज २ घण्टामा लगभग १ अर्ब ४९ करोड ७६ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा बढी हो।
यस्तै, आजको टप गेनरमा वेअन नेपाल लघुवित्त र भूगोल इनर्जी कम्पनी रहेको छ जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा मेगा म्युचल फण्ड रहेको छ।
Comments