राष्ट्र उत्थान लघुवित्तको वार्षिक साधारण सभा हुने !
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा असार १६ गते होटल अरनिको धुलिखेल ,काभे्रपलाञ्चोकमा अपरान्ह १ बजे शुरु हुने भएको छ ।
सभाले राष्ट्र उत्थान र आशा लघुवित्तबीचको मर्जर प्रक्रिया स्वीकृत गर्नेछ । मर्जर प्रयोजनका लागि हालसम्म भएको सहमति र सम्झौता पनि सभाले अनुमोदन गर्नेछ । त्यस्तै सभाले मर्जर प्रयोजनका लागि तय भएको १ः१ शेयर स्वाप रेसियो पनि पारित गर्नेछ । मर्जरपछि ‘राष्ट्र आशा लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामबाट एकीकृत कारोबार गर्ने र केन्द्रिय कार्यालय काभ्रेको बनेपा–१३ साँगामा रहने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।
Comments