नेप्सेमा करिब ९ लाख कित्ता सेयर सुचिकृत !

नेपाल स्टक एक्सचेन्जमा करिब ९ लाख कित्ता सेयर सुचिकृत भएको छ। नेप्सेमा नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सुचिकृत भएको  हो। यस लघुवित्तको कुल ८ लाख ८० हजार १२.४६ कित्ता बोनस सेयर थपिएको छ। 

संस्थाले गत आर्थिक वर्षका लागि वितरण गरेको बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो। गत आर्थिक वर्षका लाग संस्थाले १५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। 

Comments

Back to top