प्रभु बैंकको ४५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा !
प्रभु बैंकले ४५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक विभिन्न संस्थापक सेयरधनीकोे नाममा रहेको ४५ लाख ७५ हजार २६१ कित्ता सेयर बिक्रीमा ल्याएको हो । जसमा १९ लाख २४ हजार ४५९ कित्ता सेयर संस्थापकका लागी र २६ लाख ५० हजार ८०२ कित्ता सेयर अन्य व्यक्ति संस्थ वा कम्पनीको लागी बिक्रीमा ल्याएको हो ।
संस्थापक सेयरधनीहरुले उक्त कित्ता सेयर खरिदका लागी शुक्रबारदेखि ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय बबरमहल काठमाण्डौंमा सम्पर्क गर्न सक्नेछन् । संस्थापक सेयरधनीबाट १९ लाख २४ हजार ४५९ कित्ता सेयरमा आवेदन नआएमा भने उक्त सेयर अन्य व्यक्ति, संस्था वा कम्पनीलाई बिक्री गरिने कम्पनीले जनाएको छ ।
यस्तै बैंकले २६ लाख ५० हजार ८०२ कित्ता सेयर आम सर्वसासाधारणका लागि बिक्री खुला गरेको छ । उक्त सेयरमा इच्छुक संस्थापक सेयरधनीले १५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय बबरमहल काठमाण्डौंमा सम्पर्क गर्न सक्नेछन् ।
Comments