नेपाल पुनर्बीमा कम्पनीद्वारा वार्षिक साधारणसभा आह्वान !
नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आफ्नो आठौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो असार १५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कालिकास्थान अमृतभोगमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित कुल ५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश छन्। लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले असार ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।
Comments