सिटि होटलको आईपीओ सूचीकृत, कति पायो ओपेनिङ्ग रेञ्ज ?
बिहीवार सिटि होटल लिमिटेडको आईपीओ नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको कुल १ करोड ६७ लाख ४० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । सेयर सूचीकृत भएसँगै होटलको सेयर आइतबारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउने भएको छ ।
नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता ८७ रुपैयाँ ८३ पैसादेखि २६३ रुपैयाँ ४९ पैसासम्मको अधिकतम ओपनिङ्ग रेञ्ज तोकेको छ । होटलले सर्वसाधारण, वैदेशिक रोजगारीमा गएका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषको लागि निष्कासन गरेको कुल १६ लाख ७४ हजार कित्ता र कम्पनीका संस्थापकहरूले लगानी गरेको १ करोड ५० लाख ६६ हजार कित्ता गरेर कुल १ करोड ६७ लाख ४० हजार कित्ता साधारण सेयर सूचीकृत गराएको हो ।
Comments