हाइड्रोपावरको अप्पर च्यानलमा रिजेक्सन !
करिब तीन साता देखि बढ्दो क्रममा रहेको हाइड्रोपावर उपसमूह हाल चलिरहेको बियारिश च्यानलको अप्पर ट्रेन्ड लाइनमा गएर रोकिएको छ। बुधबार २५२४को इन्ट्राडे हाइ बनाएर करेक्सन देखिएको यो उपसमूह हरियोमै बन्द भए पनि आज देखिएको १९.१३अङ्कको गिरावटले यस उपसमुह अझै तल आउने सङ्केत गर्दछ।
हाललाई यस उपसमूहले ब्रेक आउट दिन २५१०माथि क्लोजिङ्ग दिन जरुरी देखिन्छ भने बजारमा करेक्सन नै चलिरहे हाइड्रोपावर उपसमूह फेरी २२५०को एरियामा आउन सक्ने देखिन्छ।
Comments