नेप्सेमा सामान्य अंकको वृद्धि,कारोबार रकम २ अर्ब ३० करोड ५८ लाख!

आज बिहीबार ७.२७ अङ्कले बढेर  ०.३८% वृद्धिका  साथ नेप्से परिसूचक १९३९.६१ अङ्कमा बन्द भएको छ। कारोबार भएका २७३ कम्पनीमध्ये ९३ कम्पनी उकालो लागेका छन्, ११४ कम्पनी ओरालो लागेका छन् भने १३ कम्पनी स्थिर रहेका छ।

कारोबार भएका ९ उप-समुहहरुको सेयर मूल्य उकालो  लागेका छन्।

प्रमुख कारोबार

आज नेप्से बजारको टप गेनरमा दोल्ती पावर कम्पनी रहेको छ जसको १०% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा राइज फल्स पावर छ जसको सेयर मूल्य ६.६४% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभर र भोल्यूममा आइजीआइ प्रुडेनसिअलको कारोबार भएको छ। 

Comments

Back to top