मणिपुरमा मारिए ४० आन्दाेलनकारी, मणीपुरका मुख्यमन्त्री भन्छन्, ‘इनकाउन्टर जारी छ’
केही समय देखि भडकिएको जातीय हिंसामा परी मणिपुरमा थप ४० जनाको ज्यान गएको छ ।
मणीपुरका विभिन्न ५ स्थानमा सेना र आन्दोलनकारी बीच भिडन्त हुुदाँ ४० जना मारिएका हुन् । मणीपुरका मुख्यमन्त्री एन बिरेन सिंहले पनि सो संख्या बराबर मारिएको पुष्टीसमेत गरेका छन् ।
‘आतंकवादीहरूले एम १६ र एके ४७ असल्ट राइफल र स्नाइपर बन्दुकहरू आम नागरिकहरू विरुद्ध प्रयोग गरिरहेका छन्। तिनीहरू धेरै गाउँहरूमा घरहरू जलाउन आएका छन्। त्यसैले उनीहरूविरुद्ध धेरै कडा कारबाही सुरु गरेका हौं, जुन कारबाहीमा करिब ४० आतंककारी मारिएको खबर छ,’ मुख्यमन्त्री एन बिरेन सिंहले सञ्चारकर्मीसँग भने, ‘आतंकवादीहरूले निहत्था नागरिकहरूमाथि गोली हानिरहेका छन्, उनीहरूले मणिपुरलाई तोड्न खोजिरहेका छन् र केन्द्र सरकारको सहयोगमा राज्य सरकारले उनीहरूविरुद्ध कडा कारबाही गरेको हो ।’
मणिपुर पुलिस कमाण्डोले हिजो जातीय हिंसा प्रभावित क्षेत्रहरूमा आठ घण्टा भन्दा बढी आन्दोलनकारीहरुसँग भिडन्त गरेका थिए । आन्दोलनकारीहरुले इम्फाल उपत्यका र वरपरका क्षेत्रमा सुरक्षाकर्मी माथि एकैसाथ हमला गरेका थिए । सो क्षेत्रका सेकमाई, सुग्नु, कुम्बी, फ्याङ र सेराउ क्षेत्रहरुमा भएको भिडन्तले त्रासको बातावरण निम्ताएको स्थानियले जनाएका छन् ।
Comments