भारतलाई नेटो प्लसमा समावेश गर्न अमेरिकी संसदीय समितिको सुझाव

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाको भ्रमण गर्नुअघि अमेरिकी संसद्को एक शक्तिशाली समितिले भारतलाई नेटो प्लसमा समावेश गर्न सिफारिश गरेको छ ।

नेटो प्सलमा अहिले पाँच मुलुक अस्ट्रेलिया, न्युजील्यान्ड, जापान, इजरायल र दक्षिण कोरिया छन् । त्यसले विश्वव्यापी प्रतिरक्षा सहकार्यलाई मजबूत बनाउने लक्ष्य लिएको छ ।

भारतलाई पनि त्यसमा समावेश गर्दा यी मुलुकहरूबीचको सूचना साझा गर्ने काम अवरोधरहित हुनेछ । अनि भारतले छोटो समयमै अत्याधुनिक सैन्य प्रविधिमा पहुँच पनि पाउनेछ ।

ताइवानमाथि चीनको आक्रमण रोक्नका लागि भारतलाई पनि नेटो प्लसमा राख्नुपर्ने भनी हाउस सेलेक्ट कमिटी अन द स्ट्राटेजिक कम्पिटिशन बिटवीन द युनाइटेड स्टेट्स यान्ड द चाइनिज कम्युनिस्ट पार्टीले नीति प्रस्ताव पारित गरेको हो ।

Comments

Back to top