सर्बियाका राष्ट्रपति सरकार विरोधी प्रदर्शनका कारण झुक्दै

सर्बियाको राजधानी बेलग्रेडमा यस महिनाको शुरुमा बेलग्रेड र वरपरका दुईवटा सामूहिक गोलीकाण्डपछि राष्ट्रपति एलेक्सान्डर भुकिकको राजीनामाको माग गर्दै हजारौँ मानिस सडकमा उत्रिएर प्रदर्शन गरिरहेका छन् ।

विरोध प्रदर्शन चौथो हप्तामा प्रवेश गरेको अल जजीरा उल्लेख गरेको छ । भर्खरै १८ जना व्यक्तिको मृत्यु भएको र थुप्रै घाइते भएका छन् । मे ३ मा बेलग्रेडमा एक किशोरले नौ विद्यार्थी र एक सुरक्षा गार्डको हत्या गरेका थिए । यो सर्बियाको विद्यालयमा भएको पहिलो सामूहिक गोलीबारीको घटना थियो । त्यसको एक दिन पछि शहर बाहिर २१ वर्षीय व्यक्तिले आठ व्यक्तिको हत्या गरेका थिए ।

शनिबार सरकार विरोधी प्रदर्शनकारीले मृतक बालबालिकाको तस्बिर बोकेर प्रदर्शन गरेका थिए । आन्दोलनकारीले हिंसात्मक सामग्रीलाई बढावा दिने टेलिभिजन सञ्जालको प्रसारण इजाजतपत्र हटाउनका साथै हिंसा भड्काउने सरकार समर्थक पत्रपत्रिकामाथिको प्रतिबन्ध हटाउन सरकारलाई बारम्बार आग्रह गरेका छन् । यसैबीच राष्ट्रपति एलेक्सान्डर भुकिक आन्दोलनका करण झुक्न बाध्य भएका छन् ।

उनी राजीनामा दिने तयारीमा रहेको बुझिएको छ ।

Comments

Back to top