बङ्गलादेशमा बारुदी सुरुङ विस्फोट हुँदा १ जनाको मृत्यु, १ घाइते

दक्षिणपूर्वी बङ्गलादेशको बन्दरबन जिल्लामा मङ्गलबार बारुदी सुरङ्ग विस्फोट हुँदा कम्तीमा एक जनाको मृत्यु हुनाका साथै अन्य केही घाइते भएका छन् ।

बन्दरवनको रुमा प्रहरी चौकीका अधिकृत आलमगीर हुसेनले सिन्ह्वालाई बताएअनुसार बिजिबी (बोर्डर गार्ड बङ्गलादेश)को शिविर नजिकै केही कामदारहरूले शिविरको ठाउँ सफा गर्दै गर्दा बारुदी सुरङ्ग विस्फोट भएको र एक कामदारको मृत्यु भएको थियो।

‘हामीले एक नागरिकको मृत्यु भएको र अर्को घाइते भएको जानकारी पाएका छौं,’ प्रहरी अधिकारीले भने । आक्रमणको जिम्मेवारी भने कसैले लिएको छैन ।

Comments

Back to top