युक्रेनको जापोरिजझिया आणविक केन्द्र पुनः विद्युत् ग्रिडबाट विच्छेद

युक्रेनको कब्जामा रहेको जापोरिजझिया आणविक केन्द्रलाई पुनः विद्युत् ग्रिडबाट विच्छेद गरिएको युक्रेनी भूभागमा रहेका रूसी प्रशासक र युक्रेनी आणविक एजेन्सीले सोमबार बताएका छन् ।

रूसी प्रशासनले टेलिग्राममा लेखेको छ, “‘हाई एक्टेन्सन लाइन’ काटिएका कारण प्लान्टले आफ्नो बाह्य विद्युत आपूर्ति गुमाएको छ । लोडसेडिङको कारणबारे अनुसन्धान भइरहेको छ साथै यसलाई ब्याकअप डिजेल जेनेरेटरले सञ्चालन गरिएको छ ।

युक्रेनको आणविक एजेन्सी एनरगोएटोमले रूसले सोमबार बिहान आक्रमण गरेको आरोप लगाउँदै सन् २०२२ मार्चमा मस्कोको सेनाले नियन्त्रणमा लिएपछि प्लान्टमा लोडसेडिङ् अवस्थामा गएको यो सातौं घटना भएको जनाएको छ । एनरगोएटोमका अनुसार जेनेरेटर प्रणाली सञ्चालनका लागि प्लान्टमा १० दिनका लागि पर्याप्त इन्धन मौज्दात छ । “यदि यो समयमा प्लान्टमा बाह्य ऊर्जा पुनः स्थापना गर्न असम्भव भएमा विकिरणको परिणाम निम्तिने खतरा हुन सक्छ,” एनरगोएटमले चेतावनी दिएको छ ।

Comments

Back to top