माओवादी प्रतिनिधिमण्डल चीनमा, दुई देशको हित र व्यापारिक सम्बन्ध विस्तारबारे छलफल
चिनियाँ कम्युनिष्ट पार्टीको मैत्रीपूर्ण निमन्त्रणामा गत शुक्रबार चीन प्रस्थान गरेको नेकपा (माओवादी केन्द्र)को प्रतिनिधिमण्डलले चिनियाँ कम्युनिष्ट पार्टीका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गरेको छ।
शुक्रबार दिउँसो माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रतिनिधिसभाका निवर्तमान सभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको टोलीले चिनियाँ अधिकारीहरूसँग भेटवार्ता गरेका हुन्।
भेटका क्रममा चिनियाँ प्रतिनिधिमण्डलका नेता वाङले ल्हासा विमानस्थलको स्तरोन्नति भइरहेकाले छिट्टै ल्हासा–काठमाडौँ सिधा हवाई सेवा सञ्चालन हुने बताए।
नेपाली प्रतिनिधिमण्डलका नेता सापकोटाले नेपाल–चीन सम्बन्ध सदियौँ पुरानो रहेको र दुई देशको सम्बन्ध प्रगाढ एवम् अतुलनीय रहेको स्मरण गर्दै उनले अन्तर्राष्ट्रिय र व्यापारिक नाका पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन आग्रह गरेका थिए।
Comments