चीनसँग ‘स्थिर र रचनात्मक’ सम्बन्ध चाहेको जी–सेभेन नेताहरूको भनाइ
आर्थिकरूपमा सम्पन्न विश्वका सात प्रमुख राष्ट्रहरूको समूह (जी–सेभेन)का नेताहरूले एशिया–प्रशान्त क्षेत्रमा चीनले गरिरहेको ‘सैन्य गतिविधि’लाई लिएर शनिबार चासो व्यक्त गरेका छन् ।
हिरोसिमामा भएको शिखर सम्मेलनमा जारी अन्तिम वक्तव्यमा उनीहरूले चीनको आर्थिक र सैन्य गतिविधिबारे चिन्ता व्यक्त गर्दै चीनको यस सन्दर्भमा ‘स्थिर र रचनात्मक’ सम्बन्ध रहनुपर्ने बताएका छन् ।
उनीहरूले सहकार्यका लागि ढोका खुला राख्न र विश्वको दोस्रो ठूलो अर्थतन्त्र, प्रमुख पश्चिमी शक्तिहरू र जापानबीचको तनावलाई थप भड्काउनबाट जोगाउन पनि खोजेको बताएका छन् ।
“चीनसँग खुलेर कुरा गर्ने र प्रत्यक्ष रूपमा आफ्ना चिन्ता व्यक्त गर्ने महत्वलाई बुझेर हामी चीनसँग रचनात्मक र स्थिर सम्बन्ध निर्माण गर्न तयार छौं,” समूहले भनेको छ ।
Comments