युक्रेनको बखमुत शहरलाई पूर्ण रुपमा कब्जामा लिएको रुसको दाबी

बखमुतमा लडिरहेको रूसको वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनले शनिबार पूर्वी युक्रेनको बखमुतलाई पूर्ण रुपमा कब्जामा लिएको दाबी गरेका छन् । 

युक्रेनले शहरको अवस्था ‘नाजुक’ रहेको स्वीकारेको छ, तर त्यहाँ अझै पनि केही जमीन नियन्त्रणमा रहेको बताएको छ।

“बखमुतमा भारी लडाईं छ । स्थिति गम्भीर छ,” उपरक्षामन्त्री गन्ना मल्यारले टेलिग्राममा लेखेका छन्। उनले युक्रेनी सेनाले शहरको ‘आकाश क्षेत्र’ मा ‘रक्षा शक्ति कब्जा’ गरिरहेको दावी गरे । “अहिलेसम्म, हाम्रा रक्षकहरूले यस क्षेत्रमा केही औद्योगिक र पूर्वाधार सुविधाहरू नियन्त्रण गर्न सफल छन् ।” 

“शनिबार मे २० का दिन मध्याह्नतिर बखमुतलाई पूरै कब्जा गरिएको छ,” प्रिगोजिनले टेलिग्राममा पोस्ट गरेको एक भिडियोमा भनेका छन् । 

वाग्नर लडाकूहरूले मे २५ सम्ममा आधिकारिक रूसी सेनालाई हस्तान्तरण गर्नुअघि कब्जा गरिएको शहरको परीक्षण गर्ने बताएका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जापानमा भएको जी७ शिखर सम्मेलनमा भाग लिइरहँदा वाग्नरले यस्तो घोषणा गरेको हो । 

Comments

Back to top