युक्रेन सङ्कट समाधानका लागि भारतको ‘सक्दो प्रयास’ रहने भारतीय प्रधानमन्त्री मोदीको प्रतिबद्धता

जापानको हिरोशिमामा भएको आर्थिकरूपमा सम्पन्न विश्वका सात प्रमुख राष्ट्रहरूको समूह (जी–सेभेन) शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति जेलेन्स्कीबीच भेटवार्ता भएको छ। उक्त भेटका क्रममा मोदीले युक्रेन सङ्कट समाधानका लागि भारतको ‘सक्दो प्रयास’ रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

जेलेन्स्कीले युद्धग्रस्त देशलाई मानवीय सहायता प्रदान गरेकोमा मोदीलाई धन्यवाद दिँदै युक्रेनले अघि सारेको ‘शान्ति सूत्र’ पहलको कार्यान्वयनमा सामेल हुन भारतलाई आमन्त्रण गरेका छन् ।

मोदीले रूसको आक्रमणपछि भारतीय विद्यार्थीलाई प्रदान गरिएको सहयोगका लागि जेलेन्स्कीलाई धन्यवाद दिए ।

Comments

Back to top