रौतहटमा छुरा प्रहारबाट एमालेका स्थानीय नेताको मृत्यु

रौतहटमा छुरा प्रहारबाट एक जनाको ज्यान गएको छ ।

गौर नगरपालिका–७ सिसवा गाउँमा गएराति छुरा प्रहारमा परी ५० वर्षीय यार महमद खानको ज्यान गएको हो । उनी गत निर्वाचनमा नेकपा एमालेकातर्फबाट वडा अध्यक्षका उम्मेदवार रहेका थिए ।  

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरका अनुसार छिमेकी शेख साविरसँग खानसँग भएको झगडामा उनी माथि छुरा प्रहार भएको थियो । छातिमा छुरा प्रहार भए पछि घाइते भएका खानलाई राति नै उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो। 

तर, उपचारको क्रममा उनलाई चिकित्सकको टोलीले मृत घोषणा गरेका थिए।

छुरा प्रहारमा संलग्न छिमेकी साविर खान भने फरार भएका छन्। उनको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ ।

Comments

Back to top