जेलेन्स्की व्यक्तिगतरुपमै जी-७ सम्मेलनमा सहभागी हुने
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले व्यक्तिगतरुपमा जापानमा हुने ग्रुप अफ सेभेन (जी-सेभेन) को सम्मेलनमा सहभागी हुने भएका छन् ।
सीएनएनले युक्रेनी श्रोतलाई उदृत गर्दै जेलेन्स्की व्यक्तिगतरुपमा जी-७ को सम्मेलनमा सहभागी हुन लागेको जनाएको छ । जी-७ देशहरु क्यानाडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिकाको सम्मेलन जापानमा मे १९ देखि २१ तारिखसम्म आयोजना हुँदैछ ।
उक्त सम्मेलनका लागि जापानी प्रधानमन्त्री फुमियो किसिडाले युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई निम्तो गरेका थिए । जापानी विदेश मन्त्रालयले भने जेलेन्स्की भिडियो कन्फ्रेन्समार्फत सम्मेलनमा सहभागी हुने जनाएको थियो ।
तीनदिने सम्मेलनका क्रममा युक्रेनमा जारी रुसको आक्रमणलाई लिएर छलफल हुने तथा रुसमाथि थप प्रतिबन्ध लगाइनेबारे छलफल हुने बताइएको छ ।
Comments