जी–७ शिखर सम्मेलनमा सहभागी हुन अमेरिकी राष्ट्रपति बाइडेन, बेलाइतका प्रधानमन्त्री सुनक र फ्रान्सका राष्ट्रपति म्याक्रोन हिरोसिमामा
अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलाइतका प्रधानमन्त्री ऋषि सुनक, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन र इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी यही मे १९ देखि २१ सम्म हिरोसिमामा हुने जी–७ शिखर सम्मेलनमा सहभागी हुन जापान पुग्नु भएको हो । जी–७ समूहमा जापान, इटाली, क्यानडा, फ्रान्स, अमेरिका, बेलाइत र जर्मनी रहेका छन्।
जापानले आफ्नो जी–७ अध्यक्षता अन्तर्गत अष्ट्रेलिया, ब्राजिल, कोमोरोस, कुक टापु, भारत, इन्डोनेसिया, दक्षिण कोरिया र भियतनामका नेताहरूलाई आमन्त्रित गरेको छ।
जी–७ शिखर सम्मेलन यसका सदस्य राष्ट्रहरू फ्रान्स, संयुक्त राज्य अमेरिका, बेलाइत, जर्मनी, जापान, इटाली र क्यानडा (रोटेटिंग प्रेसिडेंसीको क्रममा), र युरोपेली संघका नेताहरूका लागि वार्षिक अन्तरराष्ट्रिय मञ्च हो। युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिशेलले हिरोशिमामा हुने जी–७ बैठकमा युरोपेली संघको प्रतिनिधित्व गर्दै छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदी मे १९ मा हिरोशिमा पुग्दै छन् र मे २०–२१ मा हुने जी–७ शिखर सम्मेलनमा सहभागी हुनेछन् ।
Comments