नक्कली भुटानी शरणार्थी प्रकरणः अनुसन्धानको क्रम जारी, यी हुन् अहिलेसम्म पक्राउ परेका अभियुक्तहरु!
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानको समय अब दुई दिन मात्रै बाँकी छ । अनुसन्धान नसकिएपछि अदालतले बुधबार थप तीन दिनको समय दिएको थियो । उपप्रधानमन्त्री, पूर्वगृहमन्त्रीदेखि बहालवाल सचिवसमेत पक्राउ परेको यो प्रकरणको अनुसन्धान जारी रहँदा अन्य अभियुक्तहरु पनि पक्राउ पर्ने क्रम जारी छ ।
नेपालीलाई शरणार्थी बनाएर अमेरिका पठाउने मुख्य योजनाकारमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्व गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई रहेको प्रहरीले निश्कर्ष निकालेको छ । अहिलेसम्म १६ जना पक्राउ परिसकेको यो प्रकरणमा अन्य भीआईपी नेताहरुको पनि संलग्नता रहेको भन्दै अनुसन्धान जारी छ।
अहिलेसम्म पक्राउ परेका अभियुक्तहरु:
– टोपबहादुर रायमाझी, पूर्व उपप्रधानमन्त्री एवम् एमाले सचिव ।
– बालकृष्ण खाँण, नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री ।
– नरेन्द्र केसी, बालकृष्ण खाँणका निजी सचिव ।
– टेकनारायण पाण्डे, बहालवाल सचिव एवम् पूर्व गृहसचिव ।
– डा. इन्द्रजित राई, पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार ।
– सन्दीप रायमाझी, एमाले सचिव टोपबहादुर रायमाझीका छोरा ।
– रामशरण केसी काठमाडौं, टोखा ।
– गोविन्द चौधरी, मोरङ ।
– सानु भण्डारी, ललितपुर महानगरपालिका २३
– केशवप्रसाद दुलाल, मोरङ, पथरी शनिश्चरे नगरपालिका–१०
– सागर राई, मोरङ, पथरी शनिश्चरे नगरपालिका–१० का पूर्ववडाध्यक्ष
– टंककुमार गुरुङ, पाँचथर, फिदिम नगरपालिका–७
– सन्देश शर्मा, दाङ ।
– आङटावा शेर्पा, पूर्व सभासद्, नेपाली कांग्रेस
– शम्शेर मियाँ, अध्यक्ष, नेपाल हज कमिटी
– टेकनाथ रिजाल, भुटानी शरणार्थी नेता
शरणार्थी प्रकरणमा संलग्न भएको भन्दै पक्राउपूर्जी जारी भएका तत्कालीन गृहमन्त्री थापाका छोरा प्रतिक थापा र इन्द्रजितका छोरा निरज अझैसम्म पनि फरार छन् । संगठित अपराध र ठगी मुद्दामा अनुसन्धान गरिरहेको प्रहरीले राष्ट्रद्रोहविरुद्धको अपराधसमेत लगाउने तयारी गरिरहेको छ ।
Comments