बाइडनका शीर्ष सुरक्षा सल्लाहकार र चिनियाँ कूटनीतिज्ञबीच भियनामा भेटवार्ता
अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले चीनका उच्च कूटनीतिज्ञ वाङ यीसँग यसै साता भियनामा भेटवार्ता गरेको ह्वाइट हाउसले बिहीबार जनाएको छ ।
“दुवै पक्षले युक्रेनमा जारी युद्ध र चीन–ताइवान सम्बन्धलगायतका महत्वपूर्ण विषयमा स्पष्ट, ठोस र रचनात्मक छलफल गरेका छन्,” विज्ञप्तिमा भनिएको छ।
ह्वाइट हाउसले भनेको छ, “दुवै पक्ष यी उद्देश्यलाई अगाडि बढाउन सञ्चारको यो महत्वपूर्ण रणनीतिक च्यानललाई कायम राख्न सहमत भएका छन् ।”
भियनामा हुने उक्त बैठकले अमेरिकी राष्ट्रपति जो बाइडन र उनका चिनियाँ समकक्षी सी चिनफिङबीच सम्भावित भेटवार्ताबारे अड्कलबाजीलाई पुनः बल दिने सम्भावना छ ।
यस विषयमा बुधबार सोधिएको प्रश्नमा बाइडनले प्रगति भएको बताएका छन् ।
Comments