प्रधानमन्त्रीद्वारा सिसडोल बञ्चरेडाँडा क्षेत्रको विवाद १० दिनभित्र समाधान गर्न निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नुवाकोटको सिसडोल बञ्चरेडाँडा क्षेत्रको विवाद १० दिनभित्र समाधान गरी स्थानीयसँग भएका सम्झौता कार्यान्वयनमा लैजान निर्देशन दिएका छन् ।

बञ्चरे डाँडामा फोहोर अव्यवस्थित तरिकाले फालिएको, लिच्चड व्यवस्थापन नगरी खोलामा बगाइएको, स्थानीयलाई अनावश्यक मुद्दा चलाइएको र सम्झौताअनुसार भौतिक एवं स्वास्थ्य शिक्षाका पूर्वाधार निर्माण नगरिएको भन्दै फोहोर प्रभावित नुवाकोटको ककनी गाउँपालिका, बेलकोटगढी नगरपालिका र धादिङको धुनिबेसी नगरपालिकाका स्थानीय र जनप्रतिनिधि आन्दोलित छन् ।

प्रधानमन्त्रीले बञ्चरे डाँडा स्यानिटरी ल्याण्डफिल्ड साइटको समस्या स्थायी समाधानका गर्ने, स्थानीयलाई लगाइएका मुद्दा तत्काल फिर्ता लिने, लिच्चड व्यवस्थापन गर्ने र विभिन्न पूर्वाधारको काम सुरु गरी स्थानीयसँगका सबै सहमति १० दिनभित्र कार्यान्वयनमा लैजान शहरी विकास मन्त्रीको संयोजकत्वमा गठित १३ सदस्यीय समितिलाई निर्देशन दिएका हुन्।

Comments

Back to top