पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान दुई हप्ताको जमानतमा रिहा

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान दुई हप्ताको जमानतमा रिहा भएका छन् । पाकिस्तानको इस्लामाबाद उच्च अदालतले शुक्रबार खानलाई दुई हप्ताको जमानतमा रिहा गरेको अलजजिराले जनाएको छ ।

पाकिस्तानको नेशनल अकाउन्टिबिलिटी ब्यूरो (एनएबी) ले पाकिस्तानको मुख्य विपक्षी दल पीटीआईका नेता खानलाई मंगलबार पक्राउ गरेको थियो ।

उनलाई अल-कादिर ट्रसको मुद्दामा पक्राउ गरिएको थियो । पाकिस्तानको सर्वोच्च अदालतले उनको पक्राउ गैरकानूनी रहेको ठहर गरेको भोलिपल्ट उच्च अदालतले खानलाई जमानतमा रिहा गर्न आदेश दिएको हो ।

Comments

Back to top