'जिउँदा शहिद' कायस्थको निधन, प्रधानमन्त्रीद्धारा दुःख व्यक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुकेश कायस्थको निधन प्रति दुःख ब्यक्त गरेका छन् । 

दोस्रो जनआन्दोलनका ‘जिउँदो शहिद’ कायस्थको निधन प्रति प्रधानमन्त्री प्रचण्डले दुःख ब्यक्त गरेका हुन् ।  

‘दोस्रो जनआन्दोलनका घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थको असामयिक निधनप्रति दुख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु,’ प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुकहरुमा गहिरो समवेदना प्रकट गर्दछु।’ 

३२ बर्षिया कायस्थको उपचारको क्रममा हिजो साँझ ७ः३० बजे शिर मेमोरियल अस्पताल बनेपा, काभ्रेमा उनको निधन भएको थियो । उनको आजै अन्त्येष्टी गरिँदैछ ।  

Comments

Back to top