युक्रेन-रुसबीच शान्ति वार्ता अहिले नै सम्भव नभएको संयुक्त राष्ट्रसंघका प्रमुखको टिप्पणी

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले युक्रेनमा जारी द्वन्द्व अन्त्यका लागि शान्ति वार्ता ‘अहिले नै सम्भव नभएको’ बताएका छन् । 

रूस र युक्रेनका नेताहरूले दोस्रो विश्वयुद्धको अन्त्यको अवसरमा आयोजित कार्यक्रममा विजय हासिल गर्न आह्वान गरिरहेका बेला उनको यो भनाइ आएको हो ।

भविष्यमा रूस र युक्रेनलाई वार्ताको टेबलमा ल्याउन सम्भव भएपनि तत्काल कुनै पक्ष यसका लागि तयार नदेखिएको उनले बताएका हुन् । 

दुई पक्षहरू यस युद्धमा पूर्ण रूपमा लीन रहेको र  युद्ध जित्न सकिन्छ भन्नेमा विश्वस्त रहेकाले संयुक्त राष्ट्रसंघका प्रमुखले तत्काल शान्ति वार्ता सम्भव नरहेको बताएका छन्।

Comments

Back to top