आरजु राणा देउवा पुगिन् प्रहरीको साइबर ब्युरो

नेपाली कांग्रेसकी नेतृ डा.आरजू राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर आएको अडिओबारे छानबिनको माग गर्दै नेपाल प्रहरीको साइबर ब्युरोमा निवेदन दिएकी छन् । 

आफ्नो कुनै सरोकार र जानकारी नै नभएको नक्कली भुटानी शरणार्थीका सम्बन्धमा आफ्नोसमेत नाम जोडी कुराकानी गरिएको अडियो फेक रहेको दाबी गर्दै उनले उक्त अडियो रेकर्ड कहाँ, कसरी, कसले र के उद्देश्यले रेकर्ड गरेका हुन् भन्ने विषयमा छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेकी छन् । 

उनले आफ्नो निवेदनको बोधार्थमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, संसद सचिवालय, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको नाम राखेकी छन् । 

 

Comments

Back to top