भोलि देखि बजेट अधिवेसन सुरु हुने

संघीय संसद अन्तर्गतका दुवै सदनक बैठक भोलि आइतबार देखि सुरु हुँदैछ । 

पुष्पकमल दाहाल प्रचण्डको मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दुबै सदनको बैठक आब्हान गरेका हुन् । 

प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक दिउँसो ४ बजे बस्ने संघीय संसद सचिवालयमा महासचिव भरतराज गौतमले जानकारी दिएका छन् । 

आगामी जेठ १५ गते आउने आर्थिक बर्ष २०८०/२१ को बार्षिक बजेट तथा सो अघि आउने नीति तथा कार्यक्रमका बारेमा दुबै सदनका बैठकमा प्रारम्भिक छलफल हुनेछ ।

Comments

Back to top