चितवन २ मा रविलाई १७ सय मतको अग्रता
उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर २ मा भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका रबि लामिछानेले १७ सय मतको अग्रता लिएका छन् ।
मतगणनाको पछिल्लो अपडेटअनुसार रास्वपाका रबि लामिछानेले ४३५८ मत पाउँदा नेकपा एमालेका रामप्रसाद न्यौपानेले २५८५ मतसहित उनलाई पछ्याइरहेका छन् ।
नेपाली कांग्रेसका जीत नारायण श्रेष्ठ २२०५ मतसहित तेस्रो स्थानमा छन् ।
Comments