परमजीत सिंह: एक बैंकको सेक्युरिटी गार्डबाट म्यानेजरसम्म बन्न सफल भए

आज हामी यस्तो प्रेरणादायी मानिसको प्रसंग लिएर आएका छौँ जो एक बैंकको सेक्युरिटी गार्डबाट म्यानेजरसम्म बन्न सफल भएका छन् ।

भारतका ५८ वर्षीय परमजीत सिंह मठारू सेक्युरिटीको कामबाट शुरू गरेका थिए । उनले १३ वर्षपछि सोही बैंकको म्यानेजर बन्न सफल भएका हुन् ।

भारतीय सञ्चार माध्यम जागरणका अनुसार परमजीत सिंह मठारू युनियन बैंक अफ इन्डियाको शाखामा सेक्युरिटी गार्डको काम गर्थे । मठारू सन् १९८२ मा १० कक्षा पास गरेर सेनामा भर्ती भएका थिए । २१ वर्षसम्म सेनामा हवल्दार भएर देशको सेवा गरे । त्यसपछि उनले सन् २००३ मा स्वेच्छाले अवकाश लिए ।

उनले करिब पाँच वर्ष ट्याक्सी चलाउने काम पनि गरे । ट्याक्सी चलाएर पनि केही नभएपछि सन् २००८ मा युनियन बैंक अफ इन्डियाको शाखामा सेक्युरिटी गार्डको रुपमा उनले काम शुरु गरे ।

बैंकमा सेक्युरिटी गार्डको काम गर्दा उनले कर्मचारीहरूलाई काममा सहायता गर्थे । सहायता गर्ने क्रममा उनले एकदिन बैंकमा काम गर्ने अठोट गरे । त्यसपछि उनले बैंक परीक्षाको तयारी गरे । सन् २०१३ मा परीक्षा दिए । पहिलोपटक नाम निकाल्न सकेनन् । सन् २०१३, १४ र १५ मा परीक्षामा फेल भए ।

उनले सन् २०२१ मा पुनः पूर्ण तयारीका साथ परीक्षा दिए । तीन पटकपछि दिएको परीक्षामा भने उनी सफल भए । यसरी, उनले सन् २०२१ मार्चको ३१ मा सोही बैंकको म्यानेजर बनेर काम शुरु गरे ।

पहिले मठारू सोही बैंकमा सेक्युरिटीको काम गरेर झन्डै ७ हजार तलब लिन्थे । अहिले सोही बैंकमा म्यानेजर भएर ८० हजार भन्दा बढी तलब बुझ्छन् ।

यस्तो उत्प्रेरक कथाले हामीलाई जीवनमा केही नयाँ गर्ने उर्जा दिने गर्छ र मानिसले चाह्यो भने जे पनि गर्नसक्छ भन्ने कुरालाई पुष्टि पनि गर्छ ।

Comments

Back to top