देउवाले विश्वास पात्र रमेश लेखकलाई बनाए प्रमुख सचेतक

नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले रमेश लेखकलाई प्रमुख सचेतक मनोनीत गरेका छन् । 

देउवाले संसदीय दलको विधानको धारा १३ (१) अनुसार लेखकलाई मंगलबार प्रमुख सचेतक मनोनीत गरेका हुन् । देउवाका विश्वास पात्र लेखक कञ्चनपुर ३ बाट निर्वाचित भएका हुन् ।

अझै दलको उपनेता र सचेतक मनोनीत गर्न बाँकी छ ।

Comments

Back to top